भारतीय फिल्म रोक्न आग्रह गर्दै बालेनले लेखे मन्त्रालयलाई पत्र
शुक्रबार, ०१ असार २०८०, १९ : ११
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले ‘आदिपुरुष’ को विवादित अंश हटाउन कूटनीति पहल गर्न संघीय सरकारलाई माग गरेका छन् ।
चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रबाट हटाउनको लागि कूटनीति पहल गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको हुन् ।
उक्त चलचित्रमा विवादित अंश नहटाएको खण्डमा नेपालमा कुनै पनि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन समेत माग गरेका छन् ।
उक्त चलचित्र यथावत् अवस्थामा प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उनको भनाई छ । उक्त चलचित्रले नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उनको भनाई छ ।
उक्त चलचित्रमा रहेको आपत्तिजनक शब्द नहटाएसम्म नेपालभर प्रदर्शनमा रोक लगायत समेत माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण