आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय फिल्म रोक्न आग्रह गर्दै बालेनले लेखे मन्त्रालयलाई पत्र

शुक्रबार, ०१ असार २०८०, १९ : ११
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले ‘आदिपुरुष’ को विवादित अंश हटाउन कूटनीति पहल गर्न संघीय सरकारलाई माग गरेका छन् ।

चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रबाट हटाउनको लागि कूटनीति पहल गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको हुन् । 

उक्त चलचित्रमा विवादित अंश नहटाएको खण्डमा नेपालमा कुनै पनि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन समेत माग गरेका छन् । 

उक्त चलचित्र यथावत् अवस्थामा प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उनको भनाई छ । उक्त चलचित्रले नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको उनको भनाई छ । 

उक्त चलचित्रमा रहेको आपत्तिजनक शब्द नहटाएसम्म नेपालभर प्रदर्शनमा रोक लगायत समेत माग गरे ।

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप