शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जामा हँसिया प्रहार गरी बालकको हत्या

शनिबार, ०२ असार २०८०, ०६ : ५०
शनिबार, ०२ असार २०८०

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन् । 

शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप