कविता
वातावरण पनि रोएको छ
शनिबार, ०२ असार २०८०, १० : ४९
उफ,
स्वास रोकिएको छ
वाफ फेरिएको छ
रापिलो यो मौसमको
चिनारी हराएको छ ।
बारीका पाटाहरुमा
खेतीहरु ओइलाएका छन्
आमाका निधारका डामहरुबाट
पसिना तर तर झरेका छन् ।
जमिन तातिएर भाउजुको
चप्पल नै पग्लिएको छ
कुर्कुच्चा पट्पट्टी फुटी
कुलाहरुले रगत धोएको छ ।
घामको रापिलो खप्दै पनि
खेतका पाटामा दाजुहरु
भोलिको सामल जोर्दैछन्
हाम्रै लागि रोप्दै छन् ।
ज्यानको कपडा रुझेको छ
शितको थोपा झैँ खसेको छ
प्रतिकुल यो मौसमले आज
वातावरण पनि रोएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण