सिक्किममा वर्षाले विनाश, दुई हजारभन्दा बढी पर्यटक फसेँ
शनिबार, ०२ असार २०८०, १४ : ०७

सिक्किम । लगातारको भारी वर्षाका कारण उत्तर सिक्किममा दुई हजारभन्दा बढी पर्यटक फसेको समाचार छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबारदेखि लगातार वर्षा भइरहेको र सडकहरूमा लामो जाम भएको अधिकारीहरूले बताएका छन्।
उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो प्याङगोङ सप्लाई खोलामा अवरुद्ध भएकोले ट्राफिक समस्या भएको अधिकारीहरूले बताएका छन्।
यही कारण लाचेन र लाचुङ क्षेत्रका होटलहरूमा १९७५ स्वदेशी र ३६ विदेशी पर्यटक अलपत्र परेका छन् । विदेशी पर्यटकमध्ये २३ जना बंगलादेश, १० जना अमेरिका र ३ जना सिंगापुरका छन् । यसबाहेक उत्तर सिक्किमका विभिन्न क्षेत्रमा ३ सय ४५ चार पाङ्ग्रे र ११ मोटरसाइकल पनि फसेका छन् । वर्षा रोकिएपछि सडक सफाइको काम सुरु हुने अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
-
दक्षिण अफ्रिकी खेलाडीलाई आईपीएल सकिनुअघि नै स्वदेश फर्कन निर्देशन
-
देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’