सिक्किममा वर्षाले विनाश, दुई हजारभन्दा बढी पर्यटक फसेँ
शनिबार, ०२ असार २०८०, १४ : ०७
सिक्किम । लगातारको भारी वर्षाका कारण उत्तर सिक्किममा दुई हजारभन्दा बढी पर्यटक फसेको समाचार छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबारदेखि लगातार वर्षा भइरहेको र सडकहरूमा लामो जाम भएको अधिकारीहरूले बताएका छन्।
उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो प्याङगोङ सप्लाई खोलामा अवरुद्ध भएकोले ट्राफिक समस्या भएको अधिकारीहरूले बताएका छन्।
यही कारण लाचेन र लाचुङ क्षेत्रका होटलहरूमा १९७५ स्वदेशी र ३६ विदेशी पर्यटक अलपत्र परेका छन् । विदेशी पर्यटकमध्ये २३ जना बंगलादेश, १० जना अमेरिका र ३ जना सिंगापुरका छन् । यसबाहेक उत्तर सिक्किमका विभिन्न क्षेत्रमा ३ सय ४५ चार पाङ्ग्रे र ११ मोटरसाइकल पनि फसेका छन् । वर्षा रोकिएपछि सडक सफाइको काम सुरु हुने अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण