राष्ट्रिय युवा संघको स्लो बाइक रेसको उपाधि कार्कीलाई
काठमाडौँ । राष्ट्रिय युवा संघ काठमाडौँ महानगर कमिटीले आयोजना गरेको स्लो बाइक रेस प्रतियोगिताको उपाधी राजकुमार कार्कीले जितेका छन् । हाडीगाउँस्थित भत्केको पुलमा आयोजित प्रतियोगितामा विजेता कार्कीले ३२ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
त्यस्तै सुजार तामाङ दोस्रो हुँदै २० हजार र चन्द्रमान श्रेष्ठ तृतीय हुँदै १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । उक्त प्रतियोगिताको लागि १८० जनाले सहभागिता जनाएका थिए ।
बढ्दो सवारी दुर्घटना न्यूनकरण कम गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
समयभन्दा १५ मिनेट अगाडि गन्तव्यमा पुग्नुपर्ने, स्वलो राइड, लङ्ग लाइफ मुल नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष क्षितिज थेबे, विसिष्ट अतिथिमा नेकपा एमाले पोलिटब्यूरो सदस्य रामेश्वर फुयाल लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण