दैलेखमा ट्याक्टर दुर्घटना, ५ जना घाइते
शनिबार, ०२ असार २०८०, १९ : ४६
दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ खर्चे चौरमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा ठाटीकाँध गाउँपालिका– १ नुवावनका १७ वर्षीय महेन्द्र शाही, २० वर्षीय कृष्ण जोशी, तपेन्द्र थापा, ३२ वर्षीय नगेन्द्र शाही र सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ११ का ११ वर्षीय शङ्कर मगर रहेका छन् ।
घाइते हुनेहरूमा मगर बाहेक चार जना एउटै गाउँका हुन् । शनिवार स्थानीय देवलगत आधारभूत विद्यालय नुवावन भवनको प्लास्टर निर्माणको लागि बालुवा लिई आउँदै गरेको लु ४ त ८३७५ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडबाट कबिर २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि दुल्लु अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण