ख्वाजाको शतकमा इंग्ल्याण्डलाई पछ्याउँदै अस्ट्रेलिया
बर्मिङहम । उस्मान ख्वाजाले उत्कृष्ट शतक बनाएपछि अस्ट्रेलियाले एसेज टेस्ट शृङ्खलाको पहिलो खेलमा आफूलाई बलियो स्थानमा उभ्याउन सफल भएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३११ रन बनाएको हो ।
अब अस्ट्रेलिया इंग्ल्याण्डभन्दा मात्र ८२ रनले पछि रहेको छ । यसअघि इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३ सय ९३ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको थियो ।
दोस्रो दिनको सुरुवातदेखि नै इंग्ल्याण्डले अस्ट्रेलियामाथि दबाब राखेको थियो । मात्र ९ रन बनाएर डेभिड वार्नर आउट भए भने मार्नस लाम्बुसेन पहिलो बलमा नै स्टुअर्ट ब्रोडको शिकार हुन पुगे । पूर्वकप्तान स्टिभन स्मिथ १६ रन बनाएर आउट भएपछि अस्ट्रेलिया ३ विकेटको क्षतिमा ६७ रनको अवस्थामा पुगेको थियो ।
तर, त्यसपछि ट्राभिस हेड र ख्वाजाले अस्ट्रेलियाको पाली सम्हाले । हेड ५० रन बनाएर आउट भएपछि ख्वाजाले क्यामरुन ग्रिन (३८ रन) र एलेक्स केरी (५२ रन) सँग मिलेर अस्ट्रेलियालाई इंग्ल्याण्डको स्कोर नजिक पुर्याए । ख्वाजाले २७९ बलको सामना गर्दै १२६ रन बनाएर नटआउट रहेका छन् । यस क्रममा उनले २ छक्का र १४ चौका प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण