सुडानको राजधानीमा हवाई हमला, बालबालिकासहित १७ जनाको मृत्यु
आइतबार, ०३ असार २०८०, १० : १२
खार्तुम । सुडानको राजधानी खार्तुममा भएको हवाई हमलामा १७ जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा ५ जना बालबालिका पनि रहेका छन् ।
यरमौक जिल्लामा भएको यस हमलामा २५ वटा घर नष्ट भएका छन् । एक दिनअघि सेनाका एक शीर्ष जनरलले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सविरुद्ध हमला तीव्र गर्ने चेतावनी दिएका थिए । जुन महिनाको सुरुवातमा आरएसएफले यरमौकमा पूर्ण नियन्त्रणको दाबी गरेको थियो । यो राजधानीको एक क्षेत्र हो जहाँ हतियार बनाउने फ्याक्ट्री पनि रहेको छ ।
सुडानमा पछिल्लो दुई महिनादेखि सेना र आरएसएफबीच लडाइँ चलिरहेको छ । यस द्वन्द्वमा १ हजारभन्दा धेरै मानिस मारिएका छन् । संयुक्त राष्ट्रका अनुसार २० लाखभन्दा मानिस सुडानभित्र विस्थापित भएका छन् भने ५ लाखभन्दा बढी मानिस देश छाडेर छिमेकी देशमा शरण लिएका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण