बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुडानको राजधानीमा हवाई हमला, बालबालिकासहित १७ जनाको मृत्यु

आइतबार, ०३ असार २०८०, १० : १२
आइतबार, ०३ असार २०८०

खार्तुम । सुडानको राजधानी खार्तुममा भएको हवाई हमलामा १७ जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा ५ जना बालबालिका पनि रहेका छन् ।
 
यरमौक जिल्लामा भएको यस हमलामा २५ वटा घर नष्ट भएका छन् । एक दिनअघि सेनाका एक शीर्ष जनरलले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सविरुद्ध हमला तीव्र गर्ने चेतावनी दिएका थिए । जुन महिनाको सुरुवातमा आरएसएफले यरमौकमा पूर्ण नियन्त्रणको दाबी गरेको थियो । यो राजधानीको एक क्षेत्र हो जहाँ हतियार बनाउने फ्याक्ट्री पनि रहेको छ ।

सुडानमा पछिल्लो दुई महिनादेखि सेना र आरएसएफबीच लडाइँ चलिरहेको छ । यस द्वन्द्वमा १ हजारभन्दा धेरै मानिस मारिएका छन् । संयुक्त राष्ट्रका अनुसार २० लाखभन्दा मानिस सुडानभित्र विस्थापित भएका छन् भने ५ लाखभन्दा बढी मानिस देश छाडेर छिमेकी देशमा शरण लिएका छन् ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप