आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

१६ दिनपछि इजलासमा बसे प्रधानन्यायाधीश हरिकृष्ण कार्की

आइतबार, ०३ असार २०८०, २३ : ०१
आइतबार, ०३ असार २०८०

काठमाडौँ । जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् । 

पछिल्लो पटक जेठ १७ गते न्यायाधीश सुष्मालता माथेमासँग बेञ्चमा बसेका कार्कीको त्यसपछि इजलास गठन गरिएको थिएन । संसदीय सुनुवाइ समितिले उजुरी आव्हान गरेलगत्तै इजलास छाडेका कार्कीको नाम शुक्रबार मात्रै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका रुपमा अनुमोदन गरेको थियो । कार्कीले शुक्रबार नै राष्ट्रपतिबाट सपथ लिई पदभार ग्रहण गरेका थिए ।

शुक्रबार साँझ मात्रै प्रधानन्यायाधीशको सपथ लिएका कार्कीले आइतबार इजलास गठन हुँदा इजलासमा आफूसमेत उपस्थित भएर गोला तानेका थिए । गोलामा कार्कीको नाम न्यायाधीश ईश्वरप्रसाद खतिवडासँग परेको छ । त्यसैगरी कार्कीको एकल इजलास पनि गठन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप