१६ दिनपछि इजलासमा बसे प्रधानन्यायाधीश हरिकृष्ण कार्की
काठमाडौँ । जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् ।
पछिल्लो पटक जेठ १७ गते न्यायाधीश सुष्मालता माथेमासँग बेञ्चमा बसेका कार्कीको त्यसपछि इजलास गठन गरिएको थिएन । संसदीय सुनुवाइ समितिले उजुरी आव्हान गरेलगत्तै इजलास छाडेका कार्कीको नाम शुक्रबार मात्रै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका रुपमा अनुमोदन गरेको थियो । कार्कीले शुक्रबार नै राष्ट्रपतिबाट सपथ लिई पदभार ग्रहण गरेका थिए ।
शुक्रबार साँझ मात्रै प्रधानन्यायाधीशको सपथ लिएका कार्कीले आइतबार इजलास गठन हुँदा इजलासमा आफूसमेत उपस्थित भएर गोला तानेका थिए । गोलामा कार्कीको नाम न्यायाधीश ईश्वरप्रसाद खतिवडासँग परेको छ । त्यसैगरी कार्कीको एकल इजलास पनि गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण