क्यामरुनको अशान्त एङ्ग्लोफोन क्षेत्रमा भएको सैन्य कारबाहीमा कम्तीमा १० जनाको मृत्यु
याउन्डे । अङ्ग्रेजी भाषा बोल्ने उत्तरपश्चिम क्षेत्रमा सशस्त्र पृथकतावादीहरू विरुद्ध क्यामरुनको सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय र सुरक्षा बलहरूले जानकारी दिएका छन्। आक्रमण यस क्षेत्रको ठूलो बबंकी गाउँमा शुक्रबार रातिदेखि शनिबारसम्म चलेको थियो।
मारिनेहरू सशस्त्र पृथकतावादीहरू रहेको र जसले गत सो इलाकामा दर्जनौं महिलाहरूलाई अपहरण गर्ने, यातना दिने गरेका थिए । पृथकतावादीहरूले सामाजिक सञ्जालमा ती आरोपहरूको खण्डन गर्दै मृतकहरू लडाकू नभई स्थानीयहरूले चिनेका नागरिकहरू रहेको बताएका छन्। गाउँका एक बासिन्दाले नाम नखुलाउने शर्तमा सिन्ह्वालाई आक्रमणको कारण गाउँका सयौं मानिसहरू झाडीतिर भागेका बताएका थिए ।
सन् २०१७ देखि सरकारी सेनासँग द्वन्द्वमा रहेका पृथकतावादीहरूले उत्तरपश्चिम र दक्षिणपश्चिमका दुई अंग्रेजी भाषी क्षेत्रहरूमा स्वतन्त्र राष्ट्र स्थापना गर्ने आशा राखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण