सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्ने

आइतबार, ०३ असार २०८०, १६ : ०८
आइतबार, ०३ असार २०८०

काठमाडौँ । विभिन्न चार दल मिलेर निर्माण गर्न लागिएको समाजवादी मोर्चाले विभिन्न कालखण्डमा भएका आन्दोलनका कारण लगाइएका राजनीतिक मुद्दा खारेजीका लागि पहल गर्ने भएको छ ।

मोर्चाको प्रस्तावित प्रतिवद्धतापत्रको मस्यौदामा विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूका कारण विभिन्न दलका नेता/कार्यकर्ताहरू माथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने उल्लेख छ । मोर्चाले विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने पनि प्रतिबद्धतापत्रको मस्यौदामा उल्लेख छ ।

मोर्चामा हाल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सामेल हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप