संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी छ : पदम गिरी
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताएका छन् । आइतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रिय सकरकारले विनियोजन गरेको आरोप लगाए ।
‘वडाले पनि विनियोजन गर्न नसुहाउने खालको कार्यविधि केन्द्रिय सकरकारले विनियोजन गरेको छ । अहिलेको पुँजीगत खर्च जुन छ, साढे ३ खर्ब अराउण्डको । हामी त्यो भन्दा ठूलो आकारको वैदेशिक, आन्तरिक ऋण लिएर त्यो खर्च गर्दैछौँ । नियमित खर्च हाम्रो राजश्व परिचालनबाट धान्नसक्ने अवस्था छैन’ उनले भने, ‘यस्तो परिस्थितिमा हामीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गर्दैछौँ । खर्च प्रतिफल दिने ठाउँमा भएको छैन । हामीले ऋण काढेर घिउ खाने खालको कार्यक्रम बनाएका छौँ । हामीले यसबाट समृद्धिको एक पाइला पनि अघि बढाउन सक्दैनौँ ।’
गिरीले बजेट प्रतिफल आउने ठाउँमा हुन नसकेको बताए । उनले सरकारले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिनसके मात्रै संघीयता बलियो बन्ने बताए । संघीयतालाई कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिला वित्तीय संघीयतामा प्रतिवद्ध हुनुपर्ने गिरीको भनाई छ । उनले भने, ‘हामीले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिला वित्तीय संघीयतामा हामी प्रतिवद्ध हुनुपर्छ । हामीले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिन सक्नुपर्छ ।’ प्रमुख सचेतक गिरीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गरेपनि प्रतिफल आउने ठाउँमा लगानी हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण