बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गायक कान्ये वेस्टले जन्मदिनको पार्टीमा महिलाको नग्न शरीरमा खानेकुरा पस्किए

आइतबार, ०३ असार २०८०, १६ : ३२
आइतबार, ०३ असार २०८०

अमेरिकी र्‌यापर तथा गायक कान्ये वेस्टले हालै आफ्नो ४६ औँ जन्मदिन मनाएका छन् । जन्मदिनका लागि उनले लस एन्जिल्समा एक शानदार पार्टी राखे । तर पार्टीमा रमाइलो गर्ने नाममा उनले जे गरे, त्यसले धेरैको ध्यान तानेको छ । कान्येले जन्मदिनको पार्टीमा पाहुनाका लागि एक नग्न महिला माथि खाना पस्किएका छन् ।

कान्येकी छोरीले पनि खाइन् महिलाको शरीरमाथि पस्किएको खाना

कान्येको जन्मदिनको पार्टीका विभिन्न भिडियो इन्टरनेटमा भाइरल भएका छन् । ती भिडियोमा एक महिला बिकिनी र हिल्स लगाएर सुतिरहेकी छिन् । उनको शरीरको विभिन्न हिस्सामा सुशीको प्लेट राखिएको छ । पार्टीका पाहुनाले ती प्लेटबाट सुशी उठाएर खाइरहेको देख्न सकिन्छ । पार्टीमा कान्येकी दोस्री श्रीमती बिआंका सेन्सरी, ९ वर्षकी नर्थ वेस्ट पनि देखिएका छन् । नर्थ कान्ये र किम कार्दासियनकी छोरी हुन् । कान्येले छोरीको अगाडि नै यस्तो पार्टी राखेको भन्दै धेरैले उनको यस्तो क्रियाकलापमा असन्तुष्टि व्यक्त गरेका छन् । यति मात्रै होइन, नर्थले बिआंकालाई त्यहाँबाट सुशी निकालेर खान दिन्छिन् ।

‘न्योताइमोरी’ अर्थात् नग्न मोडलमाथि खाना पस्किने जापानी संस्कृति

नग्न महिलामाथि खान पस्किने यो जापानी तरिकालाई ‘न्योताइमोरी’ भनिन्छ । यसलाई ‘बडी सुशी’ पनि भन्ने गरिन्छ । 

न्योताइमोरी शब्दको अर्थ महिलाको शरीरको प्रदर्शन हो । यस तरिकाले खाना पस्किनेलाई इरोटिक अर्थात् कामुक मनोरञ्जनको एक रूप मानिन्छ । विश्वका थुप्रै सहरका निजी पार्टीमा पाहुनाका लागि मनोरञ्जनको रूपमा यसको आयोजना गर्ने गरिन्छ । 

समुराई योद्धालाई मनोरञ्जन दिनका लागि भएको थियो सुरुवात

‘न्योताइमोरी’ को सुरुवात इडो पिरियडका बेला युकाकूमा गरिएको वाकमेजेक फुड प्लेका बेला भएको बताइन्छ । त्यति बेला यौनकर्मीको प्युबिक एरियामा जुस सर्भ गरिएको थियो । सुमराई कालमा धार्मिक अनुष्ठानका लागि यसको प्रयोग हुन थालेको थियो भन्ने पनि मान्यता छ । केहीको अनुमान अनुसार समुराई योद्धाको स्वागतमा हुने असाधारण देवताको आयोजनामा ‘गिशा’ ले मानिसको मनोरञ्जनका लागि आफ्नो शरीरमा खाना पस्किने गरिन्थ्यो ।  

‘गिशा’ जापानमा महिला कलाकारलाई भनिन्छ जसले पार्टीमा नाचगानको काम गर्दथे । यस्तै, केही मानिसको मान्यता अनुसार खानाको यो प्रथा पवित्रतासँग जोडिएको छ जसमार्फत धार्मिक कार्यक्रममा भगवानलाई प्रसाद अर्पण गरिन्छ । 

चपस्टिक र हातले खान सक्छन् तर मोडलसँग कुरा गर्न सक्दैनन्

पारम्परिक ‘न्योताइमोरी’ का केही नियम कानुन बनाइएका छन् । जस्तै कि सुतिरहेकी मोडलसँग कोही पनि पाहुनाले कुरा गर्न सक्दैनन् न नै कुनै मोडलले कुरा गर्न पाउँछिन् । पाहुनाले मोडलको शरीरबाट खाना लिनका लागि चपस्टिक वा सिधै आफ्नो हात प्रयोग गर्न सक्छन् । ‘न्योताइमोरी’ को आनन्द बढाउनका लागि पारम्परिक सङ्गीत, सजावट र ड्रिङ्कलाई पनि समावेश गरिन्छ । 

महिलाको शरीरको यस्तो प्रयोगमा विरोध

न्योताइमोरीले आलोचना र विवादको सामना गर्नुपरेको छ । पाहुनाका लागि महिलाको शरीरको प्रदर्शन गरिएकोमा यसको विरोध हुँदै आएको छ । कति देशले आफ्नो देशमा खाना पस्किने यस्तो प्रचलनमाथि प्रतिबन्ध लगाएका छन् । सन् २००५ मा चीनले पनि यसलाई प्रतिबन्ध लगाएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप