क्रोएसियालाई पेनाल्टीमा हराउँदै स्पेनलाई नेसन्स लिगको उपाधि
रोटरडाम । क्रोएसियालाई पेनाल्टीमा हराउँदै स्पेनले नेसन्स लिगको उपाधि हात पारेको छ । ड्यानी कार्भाहालले अन्तिम पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै स्पेनलाई ५–४ को जीत दिलाए । यसअघि उनाई सिमोनले ब्रुनो पेटकोभिचको पेनाल्टी रोकेका थिए ।
यसअघि रोटरडाममा खेलाइएको खेल अतिरिक्त समयपछि पनि गोलरहित बराबरीमा सकिएको थियो । स्पेनले ११ वर्षपछि कुनै अन्तर्राष्ट्रिय ट्रफी जितेको हो । टोलीले पछिल्लो पटक सन् २०१२ को युरोपियन कपको उपाधि उचालेको थियो ।
योसँगै स्पेन विश्वकप, युरोपियन च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो टोली बनेको छ । यसअघि फ्रान्सले सन् २०२१ मा स्पेनलाई हराउँदै यो उपलब्धि हासिल गरेको थियो ।
यता, क्रोएसिया भने फेरि एक पटक अन्तर्राष्ट्रिय उपाधि जित्न चुकेको छ । सन् २०१८ को विश्वकपको फाइनलमा पुगेको तथा सन् २०२२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको क्रोएसिया थप एक कदम अघि बढ्न चाहन्थ्यो । क्रोएसियाका लागि १६६ खेल खेलेको लुका मोड्रिच अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न लालायित थिए । तर, उनको र क्रोएसियाको सपना स्पेन तुहाइदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण