बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

क्रोएसियालाई पेनाल्टीमा हराउँदै स्पेनलाई नेसन्स लिगको उपाधि

सोमबार, ०४ असार २०८०, ०६ : ३२
सोमबार, ०४ असार २०८०

रोटरडाम । क्रोएसियालाई पेनाल्टीमा हराउँदै स्पेनले नेसन्स लिगको उपाधि हात पारेको छ । ड्यानी कार्भाहालले अन्तिम पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै स्पेनलाई ५–४ को जीत दिलाए । यसअघि उनाई सिमोनले ब्रुनो पेटकोभिचको पेनाल्टी रोकेका थिए ।

यसअघि रोटरडाममा खेलाइएको खेल अतिरिक्त समयपछि पनि गोलरहित बराबरीमा सकिएको थियो । स्पेनले ११ वर्षपछि कुनै अन्तर्राष्ट्रिय ट्रफी जितेको हो ।  टोलीले पछिल्लो पटक सन् २०१२ को युरोपियन कपको उपाधि उचालेको थियो ।

योसँगै स्पेन विश्वकप, युरोपियन च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो टोली बनेको छ । यसअघि फ्रान्सले सन् २०२१ मा स्पेनलाई हराउँदै यो उपलब्धि हासिल गरेको थियो ।

यता, क्रोएसिया भने फेरि एक पटक अन्तर्राष्ट्रिय उपाधि जित्न चुकेको छ । सन् २०१८ को विश्वकपको फाइनलमा पुगेको तथा सन् २०२२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको क्रोएसिया थप एक कदम अघि बढ्न चाहन्थ्यो । क्रोएसियाका लागि १६६ खेल खेलेको लुका मोड्रिच अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न लालायित थिए । तर, उनको र क्रोएसियाको सपना स्पेन तुहाइदिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप