एसेज टेस्ट : इंग्ल्याण्डलाई झिनो अग्रता
सोमबार, ०४ असार २०८०, ०६ : ४१
बर्मिङहम । एसेज टेस्ट शृङ्खला अन्तरगतको पहिलो टेस्टमा इंग्ल्याण्डले तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाविरुद्ध झिनो अग्रता बनाएको छ । दोस्रो पालीमा २ विकेटको क्षतिमा २८ रन बनाउँदै इंग्ल्याण्डले ३५ रनको अग्रता बनाएको हो ।
इंग्ल्याण्डले १९ रन बनाएका बेन डकेट र ७ रन बनाएका ज्याक क्रलीलाई गुमाइसकेको छ । अस्ट्रेलियाका लागि प्याट कमिन्स र स्कट बोल्याण्डले १–१ विकेट लिएका छन् । ओली पोन र जो रुट ब्याटिङ गरिरहेका छन् ।
यसअघि अस्ट्रेलिया आफ्नो पहिलो पालीमा ३८६ रनमा समेटिएको थियो । टोलीका लागि उस्मान ख्वाजाले सर्वाधिक १४१ रन बनाए भने एलेक्स केरीले ६६ तथा ट्राभिस हेडले ५० रनको योगदान दिए । इंग्ल्याण्डका लागि स्टुअर्ट बोर्ड र ओली रोबिन्सनले ३–३ विकेट लिए । इंग्ल्याण्डले पहिलो पालमा ८ विकेटको क्षतिमा ३९३ रन बनाउँदै पाली समाप्तिको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण