शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षेनी तीव्र रुपमा मौलाउँदो भ्रष्टाचार, अख्यिारमा १ वर्षमा २२ हजार उजुरी

सोमबार, ०४ असार २०८०, ०६ : ४४
सोमबार, ०४ असार २०८०

राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो । १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको आयोगले जनाएको छ । 

आयोगका सचिव रामेश्वर दंगालले यो तथ्य आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा राख्नुभएको थियो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सो संख्यामा उजुरी परेको हो ।

तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५ सय ९२ उजुरी मात्र फस्र्योट भएको छ। आयोगका अनुसार उजुरीको संख्या बढनुमा रिसइवीका कारण र कतिपय अवस्थामा गोलमटोल तरिकाले पनि उजुरी आउने गरेको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने खाँचो औँल्याउँदै सोही बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारको एक्लो प्रयासले भ्रष्टाचार रोकथाम र नियन्त्रण नहुने बताए । यसका लागि राज्यका मुख्य निकाय नै सक्षम हुनुपर्दछ । समुदायको खबरदारी आवश्यक रहन्छ, उनले भने। 

भ्रष्टाचार रोकथाम गर्ने हो भने प्रधानमन्त्री ठीकठाउँमा हुनुपयो, मन्त्री ठीक ठाउँमा हुनुपयो सचिवलाई ठीक ठाउँमा राख्नसक्नुपन्यो । सबै ठीक ठाउँमा भए मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ । अहिले तीनवटै तहको सरकार छ। भ्रष्टाचार रोक्ने सबैभन्दा पहिलो दायित्व राज्य सञ्चालकको हुन्छ, आयुक्त राईले भने । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप