समाजवादी मोर्चा घोषणा अघि बालुवाटारमा शीर्ष नेताको बैठक

काठमाडौँ । सत्तारुढ चार दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आज समाजवादी मोर्चा नेपालको घोषणा हुने भएपछि चार दलका शीर्ष नेता बसेर छलफल गरिरहेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव विप्लव सहभागी छन् । माओवादीबाट महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा लगायत नेताहरु बैठकमा सहभागी छन् ।
समाजवादी मोर्चाको अन्तिम हस्ताक्षर गर्न चार दलका शीर्ष नेताहरु बसेको बालुवाटार स्रोतले जनाएको छ । मोर्चालाई अन्तिम रुप दिएपछि दिउँसो ३ बजे राष्ट्रियसभामा घोषणासभा हुने भएको छ । तर, मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नसमेटिने भएको छ । वामदेव गौतमले भने एमालेमै फर्किने निर्णय गरी सकेका छन् । प्रभु साह नेतृत्वको आमजनता पार्टीले मोर्चामा सामेल नहुने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ
-
स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार
-
महिलालाई उद्यमसँग जोड्न बाख्रा उपहार