दोस्रो दिन नेप्सेमा गिरावट, ४ अर्ब ७४ करोडको कारोबार
काठमाडौँ । अघिल्लो दिन ५२ अंक माथिले बढेको नेप्से सूचक दोस्रो दिन झण्डै ३ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २.९४ अंकले घट्दै २ हजार ९१.३९ अंकको विन्दुमा ओर्लिएको छ ।
यद्यपि, यता सेन्सेटिभ इन्डेक्स भने १.८२ अंकले बढ्दै ३९२.३८ अंकको विन्दुमा उक्लिएको छ ।
आज विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक ८ वटा उपसूचक ऋणात्मक भएका छन् । तथापि, कारोबारमा भने कमी आएको छैन ।
कूल २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार कित्ता सेयर ६९ हजार १६८ पटक बजारमा किनबेच हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेन्ट्रल फाइनान्स, लक्ष्मी इकुईटी र माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण