सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो दिन नेप्सेमा गिरावट, ४ अर्ब ७४ करोडको कारोबार

सोमबार, ०४ असार २०८०, १६ : ०४
सोमबार, ०४ असार २०८०

काठमाडौँ । अघिल्लो दिन ५२ अंक माथिले बढेको नेप्से सूचक दोस्रो दिन झण्डै ३ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २.९४ अंकले घट्दै २ हजार ९१.३९ अंकको विन्दुमा ओर्लिएको छ । 

यद्यपि, यता सेन्सेटिभ इन्डेक्स भने १.८२ अंकले बढ्दै ३९२.३८ अंकको विन्दुमा उक्लिएको छ । 

आज विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक ८ वटा उपसूचक ऋणात्मक भएका छन् । तथापि, कारोबारमा भने कमी आएको छैन । 

कूल २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार कित्ता सेयर ६९ हजार १६८ पटक बजारमा किनबेच हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज सेन्ट्रल फाइनान्स, लक्ष्मी इकुईटी र माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप