कैलालीमा किसान र सशस्त्र प्रहरीबीच झडप
सोमबार, ०४ असार २०८०, १६ : ४७
धनगढी । कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबीच झडप भएको छ ।
भारतीय सीमाबर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको हो ।
बर्खे धान खेतीका लागि रासायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका ५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए ।
नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमाबर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा विवाद बढेको वडाध्यक्ष चौधरीले बताए ।
स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याएका लागेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लुकीछुपी अवैध रुपमा ल्याएको मल नियन्त्रणमा लिएका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण