बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा किसान र सशस्त्र प्रहरीबीच झडप

सोमबार, ०४ असार २०८०, १६ : ४७
सोमबार, ०४ असार २०८०

धनगढी । कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबीच झडप भएको छ ।

भारतीय सीमाबर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको हो । 

बर्खे धान खेतीका लागि रासायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका ५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए ।

नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमाबर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा  विवाद बढेको वडाध्यक्ष चौधरीले बताए । 

स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याएका लागेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लुकीछुपी अवैध रुपमा ल्याएको मल नियन्त्रणमा लिएका बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप