बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नु पर्छ : नेता महर

सोमबार, ०४ असार २०८०, १७ : २४
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बाढीपहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले असार सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको र त्यसको पूर्व तयारीमा सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।

शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङमा पनि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको घटनाले सबैलाई दुखी बनाएको उनको भनाइ छ।

'नेपाली कांग्रेस गठबन्धनको ठूलो दल हो । सरकारको सफलता र असफलतासँग कांग्रेसको पनि सफलता र असफलता जोडिन्छ। त्यसैले जनताको हितमा काम गर्न तदारुप्ता देखाउन म सरकारसँगै कांग्रेसका मन्त्रीहरूलाई पनि आग्रह गर्छु', उनी भन्छन् । दैविक प्रकोपबाट हुने क्षति रोक्न कांग्रेसले केही गरिदेओस् भन्ने जनचाहना रहेको बताउँदै नेता महरले त्यसतर्फ कांग्रेस सचेत हुनुपर्ने बताए।

ठूलो धनजनको क्षति हुँदा पनि सरकारको राहत तथा उद्धार सं‌यन्त्र समयमै पुग्न नसक्ने अवस्था देखिन नहुने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप