बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सांगीतिक जोडी दुर्गा र अर्जुनलाई पुत्री लाभ

सोमबार, ०४ असार २०८०, १७ : २८
सोमबार, ०४ असार २०८०

काठमाडौँ । सांगीतिक जोडी गायिका दुर्गा खरेल र संगीतकार अर्जुन पोखरेललाई पुत्री लाभ भएको छ ।  सोमबार टोखाको ग्रान्डी हस्पिटलमा बिहान ९ बजे दुर्गाले छोरीलाई जन्म दिएकी हुन् ।

संगीतकार पोखरेलले सामाजिक संजाल मार्फत आफूलाई पुत्री लाभ जनकारी दिएका छन् । उनले छोरीको तस्बिर सहित लेखेका छन्, ‘आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ । यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र  मामु बनेकोमा बधाई दिन चाहन्छु । हाम्री प्यारी छोरी ( अदिरा ) लाई यो सन्सारमा स्वागत गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप