केक काट्दै गरियो ‘गणपति’को इन्डक्ल्याप
काठमाडौँ । फिल्म ‘गणपति’को इन्डक्ल्याप भएको छ । आइतबार बिहान फिल्मको बाँकी एक गीत छायांकन सक्दै निर्माण युनिटले इन्डक्ल्याप गरेको हो ।
सुटिङ्ग सकिएको खुशीयालीमा निर्माण युनिटले आइतबार केक समेत काटेको थियो ।
निर्माता रामप्रसाद रिजालले ‘गणपति’को सम्पूर्ण राइट लिएपछि गत शुक्रबार बालाजु ल्याबमा बाँकी एक गीतको छायाँकन गरिदै गर्दा अकस्मात सेटमा आगो लागेको थियो । आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको नोक्सानी हुनुका साथै सो दिन सुटिङ्ग रोकिएको थियो । उक्त सुटिङ शुक्रबार, शनिबार र आइतबार गरेर सकिएको निर्माता लक्ष्मण रिजालले जानकारी दिए ।
फिल्मको प्रदर्शन मिति १४ भदौ तोकिएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनका प्रमुख रामप्रसाद रिजालले सर्वाधिकार लिएसँगै ‘गणपति’को प्रदर्शन मिति तय भएको हो ।
सविन अधिकारीको लेखन र निर्देशनमा बनेको ‘गणपति’ निर्माण थालनीबाटै चर्चामा छ । लक्ष्मण रिजाल निर्माता रहेको चलचित्रको वितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्दैछन् ।
फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतले अभिनय छ ।
बिज्ञान केसी र अर्बिन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको छायाँकन हरिबहादुर घलेले गरेका हुन् । अनिश अधिकारीको शब्द र संगीत रहेको चलचित्र तनहुँ जिल्लाको बिभिन्न स्थानमा खिचिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण