ईसेवाको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि
काठमाडौँ । ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ।
सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले लुलु मनीको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।
लुलु मनी बाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै ईसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ। र पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण