बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एभरेस्ट बैंकको १२६ औँ शाखा उद्घाटन

सोमबार, ०४ असार २०८०, १८ : ५९
सोमबार, ०४ असार २०८०

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले सोमबार नवलपरासीको दलदलेमा आफ्नो १२६ औँ शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् । 

अध्यक्ष पौडेलले दलदलेमा एभरेस्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । 

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुका साथै पन्जाब नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधीर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप