नेकपा एकता राष्ट्रिय अभियानले भन्यो–समाजवादी मोर्चामा जानेबारे निर्णय भएको छैन
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानले समाजवादी मोर्चामा जानेबारे निर्णयमा पुगिनसकेको बताएको छ ।
अभियानका प्रवक्ता निमकान्त पाण्डेले सोमबार विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चामा सहभागी हुन प्रस्ताव आएको र संवाद पनि भएको बताएका छन् । उनका अनुसार समाजवादी मोर्चामा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टी निर्णयमा पुगेको छैन ।
यस्तै नेकपा एमालेसँगको एकतामा सहमति भइनसकेको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच वार्ता भएपनि कुनै सहमति नभएको पाण्डेले बताए ।
पाण्डेका अनुसार नेता तथा कार्यकर्ताको व्यवस्थापनका विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन । गौतमले नेता तथा कार्यकर्ताको व्यवस्थापनका लागि कार्यदल गठन गर्न गरेको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन् ।
ओलीले एमालेमा प्रवेश गरेपछि नेता तथा कार्यकर्ताको व्यवस्थापनबारे निर्णय गर्ने बताएका थिए । त्यसमा गौतम सहमत नभएपछि छलफललाई निरन्तरता दिने नेताहरु सहमति भएको पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण