बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकता राष्ट्रिय अभियानले भन्यो–समाजवादी मोर्चामा जानेबारे निर्णय भएको छैन

सोमबार, ०४ असार २०८०, २० : ५९
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानले समाजवादी मोर्चामा जानेबारे निर्णयमा पुगिनसकेको बताएको छ । 

अभियानका प्रवक्ता निमकान्त पाण्डेले सोमबार विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चामा सहभागी हुन प्रस्ताव आएको र संवाद पनि भएको बताएका छन् । उनका अनुसार समाजवादी मोर्चामा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टी निर्णयमा पुगेको छैन ।

यस्तै नेकपा एमालेसँगको एकतामा सहमति भइनसकेको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच वार्ता भएपनि कुनै सहमति नभएको पाण्डेले बताए । 

पाण्डेका अनुसार नेता तथा कार्यकर्ताको व्यवस्थापनका विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन । गौतमले नेता तथा कार्यकर्ताको व्यवस्थापनका लागि कार्यदल गठन गर्न गरेको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन् । 

ओलीले एमालेमा प्रवेश गरेपछि नेता तथा कार्यकर्ताको व्यवस्थापनबारे निर्णय गर्ने बताएका थिए । त्यसमा गौतम सहमत नभएपछि छलफललाई निरन्तरता दिने नेताहरु सहमति भएको पाण्डेले जानकारी दिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप