चिकित्सक भन्छन्–मन्त्री सिंहको टाउकोमा चोट, २ जनाको घटनास्थलमै मृत्यु
धनगढी । सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ ।
दुर्घटनापछि उनलाई बझाङस्थित रितु पोलिक्लिनिकमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएको हो । साथै उनको नाकबाट अत्यधिक रक्तश्राव भएको पोलिक्लिकका डाक्टर रञ्जित चौरासियाले बताए ।
त्यस्तै, उनमा अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल भने अधिक रहेको बताइएको छ । उनलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो ।
त्यस्तै, उपचारमा संलग्न चिकित्सकले मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको घटना स्लमै मृत्यु भएको बताएका छन् ।
मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण