सांसद दीपक सिंहले भने–सरकारसँग पैसा छैन भने हामीलाई ५ करोड चाहिँदैन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले अहिलेको आर्थिक मन्दीको बेला सरकारसँग पैसा छैन भने सांसद विकास कोषको ५ करोड रुपैयाँ नचाहिने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलाई पनि त्यसका लागि आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले भने, ‘यदि सरकारसँग पैसा छैन भने जुन हामीलाई ५ करोड रुपैयाँ दिनुभएको छ, त्यो चाहिँदैन । आर्थिक मन्दीबाट देशलाई माथि उकास्नका लागि व्यापार घाटाबाट उकास्नका लागि हामीलाई दिनुभएकौ त्यो ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण रकम तपाईँलाई दिन चाहन्छौँ । यो राष्ट्र निर्माण गर्न र घाटा बचाउनका लागि हाम्रा रविजीको पार्टीले पनि अरू सांसदहरूको पार्टीले पनि, एमालेले पनि आफूले पाउने ५ करोड दिनुहुन्छ भन्ने मलाई लागेको हो । सरकारमा रहेका पार्टीले दिने कि नदिने हो ? नयाँले त दिने भनिसके ।’
उनले काठमाडौँ-हेटौडा सुरुङमार्गका लागि बजेट व्यवस्थापन गर्न आग्रह गरे । सरकारसँग पैसा छैन भने सो परियोजनाका लागि जापान सरकारसँग शून्य दशमलव ५ प्रतिशतमा अनुदान पाउन सकिने उनले बताए । सो सुरुङमार्गको भौगोलिक अवस्थाको अध्ययन जापानको हाज्मा कम्पनीले गरिसकेको उल्लेख गर्दै सो परियोजना सुरु भयो भने बिहार र युपीका पर्यटक आउन पनि नजिकको दुरी पर्ने उनले बताए ।
यस्तै उनले हेटौँडामा रहेको कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली कारखाना पुनः सञ्चालन गर्ने कुरा बजेटमा राखिएको बताउँदै यी कारखाना कसरी सञ्चालन गर्ने भन्दै प्रश्न गरे । उनले नेपालमा कपास उत्पादन बन्द गर्ने तर कपडा उत्पादनका लागि विदेशबाट धागो ल्याउने कुरा गलत निर्णय भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण