बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पनडुब्बी हराइरहेको स्थानमा विस्फोटको आवाज सुनियो : अमेरिकी मिडिया

बुधबार, ०६ असार २०८०, १० : ०४
बुधबार, ०६ असार २०८०

टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी हराइरहेको स्थानबाट विस्फोटको आवाज सुनिएको छ । पानी मुनी खोज अभियानमा संलग्न रहेको सोनारले मंगलबार विस्फोटको आवाज पत्ता लगाएको सीएनएन तथा रोलिङ स्टोन म्यागजिनले बताएको छ । 

क्यानडेली खोजी विमानले ३० मिनेटको अन्तरालमा पनडुब्बी बेपत्ता भएको क्षेत्रबाट विस्फोटको आवाज सुनिएको भन्दै इमेल प्राप्त भइरहेको अमेरिकी मिडियाले बताएको छ । 

विस्फोट कहिले र कति समयसम्मका लागि रह्यो भन्ने स्पष्ट जानकारी भने छैन । 

रोलिङ स्टोन र सीएनएनद्वारा प्रकाशित आन्तरिक मेमोमा भनिएको छ, ‘अनुसन्धानमा खटिएको पीएट (समुद्री जहाज) ले सोनाबुय तैनाथ गरेको थियो । यसले पनडुब्बी हराइरहेको स्थान नजिकैको अवस्थाबारे जानकारी दिएको छ ।’

‘पीएटले प्रत्येक आधा घण्टाको अन्तरालमा विस्फोटको आवाज सुनेको छ । चार घण्टापछि थप सोनार तैनाथ गर्दा पनि विस्फोटको आवाज सुनिएको थियो ।’

खोजी र उद्धारको नेतृत्व गरिरहेको बोस्टन कोस्ट गार्डले विस्फोटको आवाजबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप