पनडुब्बी हराइरहेको स्थानमा विस्फोटको आवाज सुनियो : अमेरिकी मिडिया
टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी हराइरहेको स्थानबाट विस्फोटको आवाज सुनिएको छ । पानी मुनी खोज अभियानमा संलग्न रहेको सोनारले मंगलबार विस्फोटको आवाज पत्ता लगाएको सीएनएन तथा रोलिङ स्टोन म्यागजिनले बताएको छ ।
क्यानडेली खोजी विमानले ३० मिनेटको अन्तरालमा पनडुब्बी बेपत्ता भएको क्षेत्रबाट विस्फोटको आवाज सुनिएको भन्दै इमेल प्राप्त भइरहेको अमेरिकी मिडियाले बताएको छ ।
विस्फोट कहिले र कति समयसम्मका लागि रह्यो भन्ने स्पष्ट जानकारी भने छैन ।
रोलिङ स्टोन र सीएनएनद्वारा प्रकाशित आन्तरिक मेमोमा भनिएको छ, ‘अनुसन्धानमा खटिएको पीएट (समुद्री जहाज) ले सोनाबुय तैनाथ गरेको थियो । यसले पनडुब्बी हराइरहेको स्थान नजिकैको अवस्थाबारे जानकारी दिएको छ ।’
‘पीएटले प्रत्येक आधा घण्टाको अन्तरालमा विस्फोटको आवाज सुनेको छ । चार घण्टापछि थप सोनार तैनाथ गर्दा पनि विस्फोटको आवाज सुनिएको थियो ।’
खोजी र उद्धारको नेतृत्व गरिरहेको बोस्टन कोस्ट गार्डले विस्फोटको आवाजबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण