मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता पनडुब्बी : ‘कन्ट्र्याक्टको पहिलो पानामा तीन पटक मृत्युबारे उल्लेख’

बुधबार, ०६ असार २०८०, १५ : १०
बुधबार, ०६ असार २०८०

टाइटानिकको भग्नावशेष देखाउन लगिएको हाल बेपत्ता पनडुब्बीमा केही समय अघि यात्रा गरेका माइक रीसले मानिसहरूलाई यसमा जीवनको खतरा छ है भन्ने बारे सचेत भएको बताएका छन् । 

उनले भने, ‘हामी सबैलाई यसमा ज्यानको खतराबारे थाहा छ । यो कुनै मजाक होइन । तपाईंले बोर्डमा चढ्नुअघि एउटा दस्ताबेजमा हस्ताक्षर गर्नुपर्छ । यसको पहिलो पानामा नै तीन पटक मृत्युबारे उल्लेख गरिएको छ ।’

माइक रेसले गत वर्ष उक्त पनडुब्बीमा यात्रा गरेका थिए । अब धेरै आशा बाँकी नरहेको उनको भनाइ छ ।

mike rishउनले बीबीसी ब्रेकफास्टसँगको कुराकानीमा भने, ‘मलाई लजिस्टिक बारे थाहा छ र मलाई यो पनि थाहा छ कि समुद्र कति ठुलो छ र यो जहाज कति सानो ।’

उनले भने, ‘यदि यो कतै ब्याकग्राउन्डमा ओझेल भएको छ भने कोही योसम्म कसरी पुग्न सक्ला भन्ने मलाई थाहा छैन ।’

यद्यपि, उनका अनुसार यसमा सवार हरेक व्यक्तिलाई यसको जोखिम बारे थाहा छ ।

उनले भने, ‘तिमीले एउटा डिस्क्लेमरमा हस्ताक्षर गर्छौ, जसमा एकपछि अर्को गर्दै त्यसबारे कुरा गरिएको छ जसको एउटै अर्थ छ कि यो यात्रामा तपाईंको मृत्यु पनि हुनसक्छ । पहिलो पानामा उनीहरुले तीन पटक मृत्युबारे कुरा गरेपछि यो कुरा तपाईंको दिमागमा बस्ने गर्छ ।’

माइक रीस भन्छन्, ‘म यो पनडुब्बीमा चढ्दा यो नै मेरो जीवनको अन्त्य हो कि जस्तो पनि लागेको थियो । सबैलाई थाहा छ कि उनीहरुले आफूलाई कहाँ लैजाँदै छन् । यो एक अन्वेषण हो । यो कुनै छुट्टी होइन । यसमा कुनै थ्रिल छैन । यो गोताखोरी पनि होइन । उनीहरू अन्वेषक र यात्री हुन् जो केही हेर्न चाहन्छन् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप