शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महिला कारागारमा दंगा भड्कियो, ४१ कैदीको मृत्यु

बुधबार, ०६ असार २०८०, १५ : ३४
बुधबार, ०६ असार २०८०

तेगुसिगाल्पा । होन्डुरसको केन्द्रीय महिला कारागारमा दंगा भड्किँदा ४१ जना कैदीको मृत्यु भएको छ । न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसामध्ये यो सबैभन्दा घातक घटना हो । 

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश जलेका छन् भने अरुलाई गोली लागेको छ । मोराका अनुसार राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको  छ ।

 'यत्रो मानवीय घटनाप्रति हामी स्तब्ध छौं,' सुरक्षा उपमन्त्री  होन्डुरन पेनटेन्शियरी सिस्टमका प्रमुख जुलिसा विलानुभाले एक पत्रकार सम्मेलनमा भने । 

यस्तै घटना सन् २०१९ मा पनि घटेको थियो । उक्त झडपमा ४० गिरोह सदस्यको मृत्यु भएको थियो। न्यु योर्क टाइम्सका अनुसार मंगलबारको घटनामा मृत्यु हुनेको सङ्ख्याले अमेरिकी देशमा नराम्रो परिदृश्य  उदाङ्गो पारेको छ ।

महिला कारागारमा हालैका वर्षहरूमा हत्या-हिंसाका घटनाहरू बढेका छन् जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा  थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ । 

राष्ट्रपति जिओमारा क्यास्ट्रोले  यस घटना 'स्तब्धू  भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन 'कडा कदमू चाल्ने बताए ।  

एमएस-१३ र १८ स्ट्रिट ग्यान्गहरू लामो समयदेखि प्रतिद्वन्द्वीहरूले (जुन संयुक्त राज्यमा उत्पत्ति भएका थिए) दशकौंदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन् ।

ह्युमन राइट्स वाचद्वारा सन् २०२१ को होन्डुरसको प्रतिवेदन अनुसार 'कारागारहरूमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर-सामूहिक हिंसा, र बन्दी हत्याहरू चरम अवस्थामा  छन् ।'

न्यु योर्क टाइम्सका अनुसार एक सरकारी अधिकारीका अनुसार होन्डुरसको नेशनल वुमेन्स पेनिटेन्शियरी फर सोशल एडप्टेसनले लगभग ८०० कैदीहरूलाई राखिएको छ यो सङ्ख्या क्षमताभन्दा लगभग दोब्बर हो।

मानव अधिकार सम्बन्धी अन्तर-अमेरिकी आयोगले सन् २०२० मा होन्डुरन जेलहरूमा 'थुप्रै हिंसात्मक घटनाहरू'  घटेको देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप