बजेटमा असन्तुष्टि बढेपछि एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
बिहीबार, ०७ असार २०८०, ०९ : ०८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ । बैठक दिउँसो २ बजे बस्नेछ ।
बजेटमा असमानता देखिएको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे असन्तुष्टि जनाए पनि प्रधानमन्त्री दाहालसँगको छलफलपछि भने सकारात्मक देखिएका छन् ।
पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसकिने चेतावनी दिएपछि समाधान खोज्न संसदीय दलको बैठक बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण