शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
नागरिकता विधेयक प्रकरण

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दा भट्टराई र रेग्मीको इजलासमा

बिहीबार, ०७ असार २०८०, ११ : २१
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दाको पेसी आज पहिलो नम्बरमै परेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेष्ठ १९ गते दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते अघिल्लो संघीय संसद्बाट पारित भएर शीतलनिवासमा थन्किएको नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्न बनेको नागरिकतासम्बन्धी विधेयक, २०७९ प्रमाणीकरण गरेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप