जिल बाइडेनले मोदीलाई घरमा बोलाइन्, के खुवाइन् ?

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा बुधवार साँझ आफ्नो निवास ह्वाइट हाउसमा रात्रि भोजको आयोजना गरेका छन् । यसअघि वासिङ्टन पुग्दा प्रधानमन्त्री मोदीको भव्य स्वागत गरिएको थियो ।
वासिङ्टनस्थित अमेरिकी जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा अवतरण गरेपछि उनलाई गार्ड अफ अनरले सम्मान गरिएको थियो । यसपछि उनी ह्वाइट हाउस पुग्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेन उनलाई स्वागत गर्न राष्ट्रपति भवनबाट बाहिर निस्किए ।
समाचार एजेन्सी पीटीआईका अनुसार, प्रधानमन्त्री मोदीको लागि तयार गरिएको डिनरमा कोदोको खाना र मकैको सलाददेखि स्टफ गरिएको च्याउ लगायतका खानेकुरा थिए ।
अमेरिकाकी प्रथम महिला जिल बाइडेनले बुधवार यो विशेष डिनर तयार गर्न विशेष सेफ नीना कर्टिसलाई बोलाएको बताएकी थिइन् ।
नीना कर्टिसलाई शाकाहारी खानपानकी विशेषज्ञ मानिन्छ । उनैले यो डिनरका लागि शाकाहारी मेन्यु तयार पारेकी हुन् ।
यस अवसरमा प्रधानमन्त्री मोदीले बाइडेन परिवारलाई पनि भेटे, त्यसपछि साँझ उनले जो बाइडेन र जिल बाइडेनसँग भारतलाई ध्यानमा राखेर तयार पारिएको विशेष साङ्गीतिक कार्यक्रमको मजा लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँमान्छेका पीडाले भरिएको कृति ‘कवि हराएको सूचना’
-
बढ्न थाल्यो बिटक्वाइनको मूल्य
-
एनआईएमबी बैंकको सहायक म्यानेजरलाई प्रसाईं समर्थकद्वारा दुर्व्यवहार, देवी सङ्ग्रौला पक्राउ
-
सुदूरपश्चिमका मुख्यमन्त्री र इजरायली राजदूतबिच भेटवार्ता
-
इमाडोलमा सिटिजन्स बैंकको १९० औँ शाखा
-
राजश्वको वर्तमान स्थितिबाट अर्थमन्त्री डा. महत चिन्तित