आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकका ग्राहकहरुलाई नागरिक हस्पिटलमा छुट

बिहीबार, ०७ असार २०८०, १५ : ४९
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न भक्तपुरको नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटलसँग एक सम्झौता गरेको छ । जसअनुसार ग्रहकलाई छुटको व्यवस्था हुनेछ । 

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका हुन् । सानिमा बैंकका ग्राहकहरुले औषधी र अपरेशन सम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप