सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नीलकण्ठले ल्यायो १ अर्ब १८ करोडको बजेट

बिहीबार, ०७ असार २०८०, १९ : ३८
बिहीबार, ०७ असार २०८०

मकवानपुर । धादिङको नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा २ करोड रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो ।

बिहीबार धादिङ बेसीस्थित जिल्ला समन्वय समितिको हलमा भएको नगरसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि चालु तर्फ ८० करोड ४१ लाख ७ हजार रुपैयाँ र पुँजीगत तर्फ ३८ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाले चालु आर्थिक आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि तर्जुमा गरिएको बजेट उपप्रमुख दीपक विश्वकर्माले प्रस्तुत गरेका थिए ।

उपप्रमुख विश्वकर्माले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति लगायतका विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप