बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री साउद पुगे सुन्धारा
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् ।
जिल्ला अदालत काठमाडौंले १ असारमा खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । कारागार स्रोतका अनुसार खाण पुर्पक्ष चलान भएको एक सातापछि भेट्न गएका मन्त्री साउदले करिब १० मिनेट जति संवाद गरेका थिए । पार्टी राजनीतिमा खाण र साउद समकालिन नेता हुन् ।
खाण २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए भने उनको उत्ताधिकारीका रुपमा साउद नेविसंघको नेतृत्वमा पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निकट खाण र साउद पार्टी संगठनमा राम्रो होल्ड भएका नेता हुन् ।
शरणार्थी प्रकरणमा फसेपछि खाणको लिगेसी के हुन्छ भन्ने कांग्रेसभित्र बहस भइरहेका बेला मन्त्री साउद भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए ।
बिहीबार मन्त्री साउदका साथै कांग्रेस सहमहामन्त्रीद्वय महेन्द्र यादव र भिष्मराज आङ्डेम्बे पनि खाणलाई भेट्न सुन्धारा पुगेका थिए । उनीहरुले छुट्टाछुट्टै खाणलाई भेटेको कारागार स्रोतले जनाएको छ ।
उनीहरुसँग पार्टी र मुलुकको राजनीतिबारे खाणले चासो राखेका थिए । भेटमा पर्पक्षका लागि थुनामा रहेका खाणले आफूमाथिको आरोप झुट्टो भएको बताएका थिए । जेलको बसाइबारे नेताहरुले खाणलाई सोधेका थिए । जवाफमा खाणले सबै राम्रै रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण