बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हिन्दी फिल्म प्रदर्शन नभएपछि हलबाट फर्कियो नगर प्रहरी

शुक्रबार, ०८ असार २०८०, ११ : ४०
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । आज शुक्रबार नेपाली फिल्म हलमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन नभएको पाइएको छ । नयाँ हिन्दी फिल्म नआएको र आदिपुरुष वितरकले नलगाएकोले प्रदर्शनमा नरहेको पाइएको हो । हिन्दी फिल्मको प्रदर्शन नभएपछि महानगरपालिकाले हलहरुमा हिमनदी फिल्मको प्रदर्शन रोक्न खटाएको नगर प्रहरी समेत फिर्ता बोलाएको छ । हिजोसम्म हलबाट खटिएको नगर प्रहरी आज बिहानै फर्किएको हो ।

आज कुनैपनि हिन्दी फिल्म रिलिज नभएका कारण हलबाट महानगरले नगर प्रहरी फर्काएको हुनसक्ने चलचित्र संघको अनुमान छ ।  ‘हल बन्द गरे पनि नगरेपनि आज कुनैपनि नयाँ हिन्दी फिल्म रिलिज भएको छैन’, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले भने- ‘आदिपुरुष वितरकले नै रिलिज नगर्ने बताएपछि रिलिज गर्नुपर्ने फिल्म छैन ।’ हिन्दी फिल्म रिलिज भएको भए लाग्न सक्ने कायस्थको भनाई छ ।

मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएको थियो । तर काठमाडौँ महानगर प्रमुख बालेन शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आदेश नमाने अभिव्यक्ति दिएका थिए । आफ्नो अडान कार्यान्वयन लागि शुक्रबार बिहानै बालेनले हलहरुमा नगर प्रहरी परिचालन गरेका थिए । हलहरुमा हिन्दी फिल्मको प्रदर्शन नभएको पाएपछि नगर प्रहरी फर्किएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप