हिन्दी फिल्म प्रदर्शन नभएपछि हलबाट फर्कियो नगर प्रहरी
काठमाडौँ । आज शुक्रबार नेपाली फिल्म हलमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन नभएको पाइएको छ । नयाँ हिन्दी फिल्म नआएको र आदिपुरुष वितरकले नलगाएकोले प्रदर्शनमा नरहेको पाइएको हो । हिन्दी फिल्मको प्रदर्शन नभएपछि महानगरपालिकाले हलहरुमा हिमनदी फिल्मको प्रदर्शन रोक्न खटाएको नगर प्रहरी समेत फिर्ता बोलाएको छ । हिजोसम्म हलबाट खटिएको नगर प्रहरी आज बिहानै फर्किएको हो ।
आज कुनैपनि हिन्दी फिल्म रिलिज नभएका कारण हलबाट महानगरले नगर प्रहरी फर्काएको हुनसक्ने चलचित्र संघको अनुमान छ । ‘हल बन्द गरे पनि नगरेपनि आज कुनैपनि नयाँ हिन्दी फिल्म रिलिज भएको छैन’, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले भने- ‘आदिपुरुष वितरकले नै रिलिज नगर्ने बताएपछि रिलिज गर्नुपर्ने फिल्म छैन ।’ हिन्दी फिल्म रिलिज भएको भए लाग्न सक्ने कायस्थको भनाई छ ।
मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएको थियो । तर काठमाडौँ महानगर प्रमुख बालेन शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आदेश नमाने अभिव्यक्ति दिएका थिए । आफ्नो अडान कार्यान्वयन लागि शुक्रबार बिहानै बालेनले हलहरुमा नगर प्रहरी परिचालन गरेका थिए । हलहरुमा हिन्दी फिल्मको प्रदर्शन नभएको पाएपछि नगर प्रहरी फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण