हेटौंडाका संस्थागत विद्यालयमा पूर्ण छात्रवृत्ति लागू गरिँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले कानुन बमोजिम तोकेको दरको छात्रवृत्ति वितरण गर्न र विवरण पेश गर्न संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै हेटौंडा उपमहानगरपालिकाले पालिका भित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयले कानुनले तोके बमोजिमको छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण असार २० गतेसम्ममा उपलब्ध गराउन निर्देशन दिएको हो ।
केही दिनअघि काठमाडौँका मेयर बालेनले महानगरपादिका भित्र संचालनमा रहेका संस्थागत विद्यालयले कानुनले तोके अनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका थिए । उनको निर्देशन पश्चात काठमाडौंमा सो निर्णय कार्यानवयन भएको थियो । सोही अनुसार उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुमा कानून अनुसारको छात्रवृत्ति वितरणको काममा कडाइ गरेको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असार २० गते सम्म छात्रवृत्ति दिएका विद्यार्थीहरुको पूर्ण विवरण र अभिभावकको सम्पकै नम्बर सहित उपमहानगरपालिकामा बुझाउन निर्देशन गरेको छ ।
हेटौंडाका निजी विद्यालयहरुले छात्रवृत्तिमा विद्यार्थी नपढाउने गरेको गुनासो गरेपछि हेटौंडा उपमहानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराइएको विद्यार्थीको विवरण बुझाउन निर्देशन गरेको शिक्षा विकास महासाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिए । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार संस्थागत विद्यालयहरुले अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको तथ्याङ्क पेश गर्न भनिएको हो । ऐनअनुसार ५०० जना सम्म विद्यार्थी भएका संस्थागत विद्यालयहरुले १० प्रतिशत पूर्ण छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था रहेको छ भने ५०० भन्दा माथि ८०० जना विद्यार्थी अध्ययनरत विद्यालयले १२ प्रतिशत र ८०० जना भन्दा माथि विद्यार्थी अध्यनरत भएका विद्यालयले १५ प्रतिशतका दरले विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ ।
हेटौंडामा सञ्चालनमा रहेका ४८ वटा संस्थागत विद्यालयहरुमध्ये केहीले जानकारी उपलब्ध गराइसकेको र केहीले ल्याउने क्रममा रहेको उनले बताए । हेटौंडाका ४८ वटा संस्थागत विद्यालयहरुमा करिव १८ हजार जना विद्यार्थि अध्ययनरत रहेको उनले बताए । विद्यालयले छात्रवृत्ति वितरण गरेको विद्यार्थिको विवरण बुझाएपछी नियमित रुपमा अनुगमन र विद्यार्थीले पाउने छात्रवृत्ति वितरणमा कडाइ गरिने रिमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण