सदन
बजेट पुस्तिकाबिना छलफल गराउन खोजेपछि एमालेको विरोध, प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
शुक्रबार, ०८ असार २०८०, १३ : ०२
काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका बेला एमालेका सचेतक महेश बर्तौलाले सभाको कार्यसूचीमाथि प्रश्न उठाए ।
उनले उपराष्ट्रपति कार्यालय अन्तर्गतको विनियोजित बजेटमाथि छलफलको कार्यसूची राखिए पनि सो बारेको बजेट पुस्तिका वितरण नगरिएको बारे जानकारी गराए । छुट्टाइएको बजेट शीर्षकबारे सांसदहरूले अध्ययन नै नगरी कसरी छलफल हुन्छ भन्दै सचेतक बर्तौलाले प्रश्न उठाएपछि सभामुखले समयको चापका कारण छिटो बैठक सक्नुपर्ने बाध्यता स्मरण गराए ।
सभामुखको भनाईपछि बोल्दै बर्तौलाले संसद्मा छलफल हुने विषयमाथि सांसदले अध्ययन गर्न पाउनुपर्ने अधिकार रहेको बताएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण