शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘कार्साङ’मा भित्रिए बुद्धि

शुक्रबार, ०८ असार २०८०, १४ : २१
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । यम शेर्पाको निर्देशन रहने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ भित्रिएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको मुख्य भूमिकाको लागि तामाङ अनुबन्धित भएका हुन् । यसअघि यो फिल्मका लागि दयाहाङ राई फाइनल भएका थिए ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा तामाङ निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुनेछ ।

सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । फिल्मकी मुख्य अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन ।

थुप्रै सर्ट फिल्मको निर्देशन गरेका शेर्पाले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको छायाकंन तिहार लगतै गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप