‘कार्साङ’मा भित्रिए बुद्धि
काठमाडौँ । यम शेर्पाको निर्देशन रहने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ भित्रिएका छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको मुख्य भूमिकाको लागि तामाङ अनुबन्धित भएका हुन् । यसअघि यो फिल्मका लागि दयाहाङ राई फाइनल भएका थिए ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा तामाङ निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुनेछ ।
सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । फिल्मकी मुख्य अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन ।
थुप्रै सर्ट फिल्मको निर्देशन गरेका शेर्पाले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको छायाकंन तिहार लगतै गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण