विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न जिल्लामा शुक्रबार ३ जना पक्राउ परेका छन् । काठमाडौँ, प्युठान र सिन्धुपाल्चोकमा ३ जना मृत फेला परेका हुन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलस्थित निर्माणाधीन घरमा बस्ने नुवाकोट घर भएका ३५ वर्षीय सूर्यबहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै प्युठानको झिमरुक गाउँपालिका–४ बाझावाङ बस्ने ४८ वर्षीय हुम बहादुर बस्नेत सोही ठाउँस्थित बाटो छेउमा मृत अवस्थामा फेला परेका छन् भने सिन्धुपाल्चोकको चौतारा साँगाचोकढी नगरपालिका–१ भादगाउँ पनि एक पुरुष मृत फेला परेका छन् । मृत पर्नेमा ५० वर्षीय नेत्रबहादुर श्रेष्ठ रहेको प्रहरीको भनाई छ । श्रेष्ठ सोही ठाउँको घुङरिङ भिर नजिक चिलाउनेको फेदमा मृत अवस्थामा फेला परेका हुन् । तीनवटै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण