विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला

काठमाडौँ । देशका विभिन्न जिल्लामा शुक्रबार ३ जना पक्राउ परेका छन् । काठमाडौँ, प्युठान र सिन्धुपाल्चोकमा ३ जना मृत फेला परेका हुन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलस्थित निर्माणाधीन घरमा बस्ने नुवाकोट घर भएका ३५ वर्षीय सूर्यबहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै प्युठानको झिमरुक गाउँपालिका–४ बाझावाङ बस्ने ४८ वर्षीय हुम बहादुर बस्नेत सोही ठाउँस्थित बाटो छेउमा मृत अवस्थामा फेला परेका छन् भने सिन्धुपाल्चोकको चौतारा साँगाचोकढी नगरपालिका–१ भादगाउँ पनि एक पुरुष मृत फेला परेका छन् । मृत पर्नेमा ५० वर्षीय नेत्रबहादुर श्रेष्ठ रहेको प्रहरीको भनाई छ । श्रेष्ठ सोही ठाउँको घुङरिङ भिर नजिक चिलाउनेको फेदमा मृत अवस्थामा फेला परेका हुन् । तीनवटै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान
-
क्यानभासमा तान्त्रिक मिलारेपाको कथा