बालेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
काभ्रे । काभ्रेको बेथानचोकमा बालेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडा देखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
तीव्र गतिको बोलेरो गाडी अनियन्त्रीत भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बेथाञ्चोक गाउँपालिका–४ पडगाँउ डाँडा का दल बहादुर तामाङको मृत्यु भएको हो । उनको बनेपा स्थित शिर मेमोरियल हस्पिटल मा उपचारका क्रममा मृत्यु भएको बोहराले बताए ।
दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सवारी चालक चालक श्रीराम खत्रीको दुबै खुट्टामा चोट लागेको छ भने गाडीमा सवार राजु लामाको टाउकोमा चोट लागेको छ । अर्का घाइते धमाइ तामाङको शरिरमा सान्य चोट लागेको बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण