बाढी, पहिरो र सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण
शुक्रबार, ०८ असार २०८०, २१ : १७
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा सांसदहरुले बाढी, पहिरो र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरु हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईँ र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले यस्तो समस्या आएको बताएका हुन् ।
उनीहरुले असार आएपछिको विकास निर्माण गर्ने प्रवृत्ति अन्त्य गर्न पनि आग्रह गरे ।
सांसद राजेन्द्र बजगाईँले गोरखामा भएको बोलेरो दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । गोरखामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
यस्तै उनले नेपाली रसियन र युक्रेन सेना र कतार प्रहरीमा भर्ती भइरहेको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण