आदिपुरुषको हरिबिजोग, आठौँ दिनको कलेक्सन ३.२५ करोड मात्र
मुम्बई । विवादित चलचित्र आदिपुरुषको कलेक्सन नाटकीय रूपमा ओरालो लागेको छ । दर्शक हलमा नआएपछि निर्माताले २२ र २३ जुनको लागि टिकटको रकम घटाउने उपहार ल्याएका थिए । तर यो फन्डाले पनि काम नगरेपछि निर्माता निराश बनेका छन् ।
प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौँ दिन मात्र ३.२५ करोड कमाएको छ । जबकि कुल कमाई २६३.१५ करोड पुगेको छ । तर, आगामी दिनमा आदिपुरुषको कमाई हेर्दा फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्न मुस्किल पर्ने देखिन्छ ।
कलेक्सनको कुरा गर्दा पहिलो दिन चलचित्रले ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौँ दिन १०.७ करोड, छैटौँ दिन ७.२५ करोड सातौँ दिनमा ४.८५ करोड कमाई गरेको थियो ।
यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । आदिपुरुषको विश्वव्यापी बक्स अफिस कलेक्शन भने ४०० करोड नाघेको छ ।
जुन १६ मा रिलिज भएको आदिपुरुष रामायणबाट प्रेरित भएको बताइएको छ । जसका कारण रिलिज हुनुअघि नै फिल्मको चर्चा चुलिएको थियो । तर फिल्म रिलिज हुने बित्तिकै संवाद र दृश्य देखेर फ्यानहरू भड्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण