लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइयो : कमल थापा
महोत्तरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको तथा भ्रष्टाचार र बेरोजगारी व्यापक रूपमा बढेको आरोप लगाएका छन् । राप्रपाका नेता पूर्व मन्त्री एवं उपसभामुख स्वर्गीय रामबिलास यादवको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित सालिकको अनावरण गर्दै थापाले निष्ठा,इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताहरूको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दाबी गरेका हुन् ।
ठुलठुला भ्रष्टाचार काण्डमा आफूलाई ठुला भन्ने ठुला राजनीति दलका नेताहरूको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थसिद्ध गर्नका लागि कानुनलाई समेत हातमा लिने दुष्प्रयास भइरहेको भन्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे । लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइएको भन्दै थापाले प्रश्न गरे, ’राजा, हिन्दु राष्ट्र ,एकात्मक राज्यप्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरूले आज मुलुकलाई कहाँ पुर्याए ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण