सूर्यविनायकमा घरेलु, कृषि तथा पर्यटन मेला आयोजना हुने
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा घरेलु, कृषि तथा पर्यटन मेला आयोजना हुने भएको छ । सो नगरपालिकाले शनिवार एक विज्ञप्ति जारी गर्र्दै असार १५, १६ र १७ गते घरेलु, कृषि तथा पर्यटन मेला आयोजना गर्ने जानकारी दिएको हो । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन तथा ब्लोबाग्स नेपालको प्रायोजनमा हुने मेलाको उद्देश्य उद्योगी व्यवसायीहरुलाई सिधै उपभोक्ता तथा बजार र आधुनिक प्रविधि तथा अनलाइन मार्केटिङसम्म पहुँच पुर्याउने रहेको बताइएको छ मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन, सीप उजागर गरिने विज्ञप्तिमा जनाइएको छ ।
मेलामा कृषि र पर्यटनका क्षेत्र मार्फत सूर्यविनायक नगरपालिकाको समग्र विकासमा खेल्न सकिने भूमिकाबारे छलफल, विचार विमर्श र अन्तरक्रिया समेत हुनेछ । मेलामा भक्तपुरका लघु घरेलु, साना उद्यमी एवं महिला उद्यमीका उत्पादन, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यवसायीहरु, स्थानीय मौलिक उत्पादनहरु जु जु धौ, ताइचिन चिउरा, कालो भादगाउँले टोपी, माटाका भाँडा कुँडाका उत्पादन, कृषि उत्पादन तथा उपज र प्रविधि, हस्तकलाका उत्पादनहरु, काष्ठकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु, मौलिक नेवारी खाजाः सम्हेबजी, योमरी, चतामरी आकर्षण हुनेछन् ।
त्यस्तै बारासहितको फुड फेस्टिभल, मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक गायिकाहरुको म्युजिक फेस्टिभल पनि मेलाको अर्को आकर्षण हुने विज्ञप्तिमा उल्लेख छ । सूर्यविनायकस्थित हरित कृषि तथा थोक बजारमा आयोजना हुने मेलामा ९० वटा स्टल रहने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण