मणिपुरमा मन्त्रीको घर र भाजपाको कार्यालयमा आगजनी
मणिपुर । मणिपुरमा आगजनीको ताजा घटनामा प्रदर्शनकारीहरूले शनिबार राज्य सरकारका मन्त्री एल सुसिन्द्रो मेइतीको निवासको एक निजी गोदाम र त्यहाँ पार्क गरिएका गाडीहरूमा आगजनी गरेका छन्। आक्रमण गर्न आएको भीडले मन्त्रीको घरमा प्रवेश गरी भवनमा आगजनी गर्ने प्रयास पनि गरेको थियो तर सुरक्षाकर्मी समयमै त्यहाँ पुगेर भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेका थिए ।
मणिपुर प्रदेश बीजेपीका एक वरिष्ठ नेताले नाम न छाप्ने सर्तमा आज बिहान मन्त्री सुसिन्द्रोको घरमा भीडले आक्रमण गरी दुईवटा गाडीमा आगजनी गरेको जानकारी दिए ।तर, समयमै सुरक्षाकर्मी पुगेपछि आगो निभाउनुका साथै स्थितिलाई नियन्त्रणमा लिइएको उनको भनाई थियो ।
त्यस्तै, आगजनीको अर्को घटना पूर्वी इम्फालको साजिवा जेल नजिकैको इसिराउ क्षेत्रबाट आएको छ, जहाँ प्रदर्शनकारीहरूले भाजपाको कार्यालयमा पनि आगजनी गरेका छन्।
एक हप्ता अघि, भीडले केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जनको घरमा पनि यस्तै आगजनी गरेको थियो।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण