आईसीसी एकदिवसीय विश्वकप छनोट
सन्दीपलाई दोस्रो सफलता
शनिबार, ०९ असार २०८०, १७ : ३४
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्ध शनिबार भएको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले नै दोस्रो विकेट पनि लिएका हुन् । उनले दोस्रो विकेटका रुपमा वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।
त्यसअघि पहिलो विकेट पनि सन्दीपले नै लिएका थिए । सन्दीपले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराएका थिए । एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १५ ओभरमा दुई विकेट गुमाएर ९७ रन बनाएको छ । नेदरल्यान्ड्सलाई जितका लागि ३५ ओभरमा ७१ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण