टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
आइतबार, १० असार २०८०, ०९ : ३४
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बागमती प्रदेश०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडी सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।
उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर
-
लाल सागरमा तेल ट्याङ्करमा मिसाइल आक्रमण
-
पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न
-
ललितपुर मेयर कप : लगातार चौथो पटक एपीएफ च्याम्पियन
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल