सहर छोड्दै गर्दा हावामा अन्धाधुन्ध फायरिङ गरिरहेको देखिए वाग्नर समूहका लडाकु
रुसको रोस्तोव सहरबाट फिर्ता हुँदै गर्दा वाग्नर समूहका लडाकुले हावामा फायरिङ गरिरहेको देखिए । सोसल मिडियामा भाइरल यो भिडियोलाई बीबीसी भेरिफाइले प्रमाणित गरेको छ ।
भिडियोमा सडकमा उभिएका मानिसले वाग्नर समूहका लडाकुका लागि ताली बजाएर नारा लगाइरहेको देखिएका छन् । स्थानीयले फर्किरहेका लडाकुको तस्बिर पनि खिचिरहेका छन् ।
शनिवार वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनले उनका २५ हजार लडाकुले युक्रेनको सीमा पार गरेर रुस छिरेर सीमा नजिकैको रोस्तोव सहरलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
केही बेरपछि तस्बिर सार्वजनिक भए, त्यसमा प्रिगोजिन रुसको दक्षिणी सैन्य मुख्यालयमा बसिरहेको देखिए । उनीहरुले त्यति बेला रक्षामन्त्रीले भेट्न नआएसम्म त्यहाँबाट नहल्लिने बताएका थिए ।
One of the Wagner fighters opened fire in the sky during the withdrawal of the PMC from Rostov while civilians celebrated the mercenaries. pic.twitter.com/HpjTj98PTm
— Dmitri (@wartranslated) June 24, 2023
त्यसपछि राष्ट्रपति पुटिनले देशलाई सम्बोधन गरे र यो कामलाई पिठ्युँमा छुरा घोपेजस्तो बताए ।
दिनको समयमा वाग्नरका लडाकुहरू एमफोर राजमार्गमा मस्कोतर्फ अघि बढिरहेको देखियो, जसमा भोरोनिश सहरमा नियन्त्रण गर्नु पनि समावेश थियो ।
साँझ करिब ६ बजे, वाग्नर प्रमुखले आफ्नो टेलिग्राम च्यानलमा मस्कोतर्फ मार्च रोक्न सहमत भएको र आफ्नो लडाकुलाई फिर्ता बोलाइरहेको बताए ।
रोसिया २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले येवगेनी प्रिगोजिनसँग कुराकानी गरेपछि उनी सहमत भए ।
रुसको सरकारी मिडियाका अनुसार अब वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिन बेलारुस जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण