बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सहर छोड्दै गर्दा हावामा अन्धाधुन्ध फायरिङ गरिरहेको देखिए वाग्नर समूहका लडाकु

आइतबार, १० असार २०८०, १० : ३८
आइतबार, १० असार २०८०

रुसको रोस्तोव सहरबाट फिर्ता हुँदै गर्दा वाग्नर समूहका लडाकुले हावामा फायरिङ गरिरहेको देखिए ।  सोसल मिडियामा भाइरल यो भिडियोलाई बीबीसी भेरिफाइले प्रमाणित गरेको छ ।

भिडियोमा सडकमा उभिएका मानिसले वाग्नर समूहका लडाकुका लागि ताली बजाएर नारा लगाइरहेको देखिएका छन् । स्थानीयले फर्किरहेका लडाकुको तस्बिर पनि खिचिरहेका छन् ।

शनिवार वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनले उनका २५ हजार लडाकुले युक्रेनको सीमा पार गरेर रुस छिरेर सीमा नजिकैको रोस्तोव सहरलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

केही बेरपछि तस्बिर सार्वजनिक भए, त्यसमा प्रिगोजिन रुसको दक्षिणी सैन्य मुख्यालयमा बसिरहेको देखिए । उनीहरुले त्यति बेला रक्षामन्त्रीले भेट्न नआएसम्म त्यहाँबाट नहल्लिने बताएका थिए ।

त्यसपछि राष्ट्रपति पुटिनले देशलाई सम्बोधन गरे र यो कामलाई पिठ्युँमा छुरा घोपेजस्तो बताए ।

दिनको समयमा वाग्नरका लडाकुहरू एमफोर राजमार्गमा मस्कोतर्फ अघि बढिरहेको देखियो, जसमा भोरोनिश सहरमा नियन्त्रण गर्नु पनि समावेश थियो ।

साँझ करिब ६ बजे, वाग्नर प्रमुखले आफ्नो टेलिग्राम च्यानलमा मस्कोतर्फ मार्च रोक्न सहमत भएको र आफ्नो लडाकुलाई फिर्ता बोलाइरहेको बताए ।

रोसिया २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले येवगेनी प्रिगोजिनसँग कुराकानी गरेपछि उनी सहमत भए ।

रुसको सरकारी मिडियाका अनुसार अब वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिन बेलारुस जानेछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप